काठमाण्डू, आज दिउँसो १ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक १ घण्टा पछि सरेको छ।
पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेगरी बैठक बोलाइएको थियो। सो बैठक २ बजे बस्ने भएको एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन्।
एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीसहित नेतृत्वको शपथग्रहण बिहीबार सम्पन्न भइसकेको छ ।
आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्नसक्ने नेताहरूले जनाएका छन् ।