Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपासँग कुरा नमिलेपछि उज्यालो नेपाल प्रलोपासँग छलफलमा

- shuvadmin / सोमबार, पुष १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, रास्वपामा विलय हुन अस्वीकार गरेको उज्यालो नेपाल पार्टी डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगातिशिल लोकतान्त्रिक पार्टीसँग छलफलमा जुटेको छ।

शनिबार रास्वपा र बालेनले सात बुँदे सहमति गर्दै भावी राजनीतिक यात्रा तय गरेपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले प्रलोपासँग सहकार्य गर्न लागेको हो।

प्रलोपामा मुख्य नेता सन्तोष परियारलाई मानेर डा. भट्टराई र जनार्दन शर्मा संरक्षक बसेका छन्।

प्रलोपाका नेता अनिल शर्माका अनुसार अहिले चुनावी तालमेलका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए। उनले भने, ‘अहिले चुनावी तालमेलको विषयमा कुराकानी भइहरेको छ।’

उज्यालो नेपाल पार्टी आफ्नो अस्तित्व सामाप्त पारेर कतै नजाने अडान शहरी विकासमन्त्री समेत रहेका घिसिङले राखेका छन्।

आइतबार पोखरा पुगेका उनले सम्मानजनक अवस्थामा मात्रै सहकार्य गर्न सकिने बताएका थिए।

‘सबै एक बनाएर, सही नेतृत्वहरू, वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ।

त्यो भएको हुनाले सबै नयाँ र मेनस्ट्रिम फोर्सहरू एक भएर जानका लागि पनि म आह्वान गर्छु, घिसिङले अगाडि भने, ‘उज्यालो नेपाल पार्टी सदैव एउटा सम्मानजनक उपस्थिति, आफ्नो सम्मान र आफ्नो जुन उपस्थिति छ, आफ्नो स्वाभिमान छ, त्यसलाई यथास्थितिमा राखेर, त्यसलाई चाहिँ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ।’

सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउने पर्ने भएकाले पनि चुनावमा मिलेर जाने विषयमा तत्काल निर्णय गर्नुपर्ने अवस्थामा दुवै पार्टी छन्।

रवि बालेनसँग मिल्न घिसिङले पार्टीमा कार्यकारी हैसियत र प्रधानमन्त्रीमा हिस्सेदारी खोजेका थिए।

बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्न रास्वपा तयार भएपनि कुलमानलाई दुवै पद दिन अस्वीकार गरेको छ।

Page Views: 108
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama