Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सर्वसाधारणका लागि सालपा विकास बैंकको आईपीओ निष्कासन आजदेखि

- shuvadmin / बुधबार, पुष १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सालपा विकास बैंक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीहरुका लागि २६ हजार ११९ कित्ता छुट्टाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले गत र्मंसिर २५ गते मंसिर २९ गतेसम्म पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी भईसकेको छ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama