Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पार्टीभित्रको एकता मजबुत बनाउन पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य : महामन्त्री थापा

- shuvadmin / बुधबार, पुष १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता र आत्मविश्वास मजबुत बनाउन पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भएको बताएका छन्।

‘४९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा जारी सन्देशमा उनले कांग्रेसको आत्मविश्वास पार्टी एकताबाट मात्र सम्भव हुने उल्लेख गर्दै फरक विचार व्यक्त गर्न सकिने साझा मञ्च आवश्यक रहेको बताए। उनका अनुसार त्यो साझा मञ्च विशेष अधिवेशन हो।

थापाले विधानअनुसार मात्र होइन, पार्टीको एकता र राष्ट्रिय जिम्मेवारी पूरा गर्न विशेष अधिवेशन अपरिहार्य भइसकेको स्पष्ट पारे।

‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दू खोजिरहेको छ।

यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ।

त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो,’सामाजिक सञ्जालमा गगन लेख्छन्,’पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।

उनले सबै कांग्रेस कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना व्यक्त गरे।

Page Views: 91
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama