Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वसन्तपुरमा भव्यताका साथ मनाइयो १३औँ ‘राष्ट्रिय टोपी दिवस’

- shuvadmin / बिहिबार, पुष १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, “नेपाली टोपी:  हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आज नयाँ वर्ष २०२६ को पहिलो दिन देशभर राष्ट्रिय पोसाक र टोपी दिवस हर्षोल्लासका साथ मनाइएको छ।

काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा भेला भएका सयौँ युवा तथा संस्कृतिप्रेमीहरूले नेपाली पहिचान झल्काउने पोसाक लगाएर यस दिवसलाई एक उत्सवको रूपमा मनाएका हुन्।

विभिन्न युवा संस्थाहरूको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा सहभागीहरू मौलिक नेपाली पोसाक—दौरा(सुरुवाल, ढाका टोपी र गुन्यु(चोलीमा सजिएका थिए।

वसन्तपुर क्षेत्रमा मौलिक बाजागाजासहित नाचगान गर्दै उनीहरूले नेपाली टोपी र राष्ट्रिय पोसाकको महत्वका बारेमा जनचेतना फैलाएका थिए।

सहभागीहरूले एक(अर्कालाई नयाँ वर्षको शुभकामना आदान(प्रदान गर्दै नेपाली पहिचानलाई विश्वभर चिनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।

नेपाली मौलिक पहिचानका प्रतीक मानिने राष्ट्रिय पोसाकको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं.२०७० देखि यो अभियान सुरु गरिएको हो।

हरेक वर्ष जनवरी १ तारिखलाई ‘टोपी दिवस’ का रूपमा मनाउने क्रम बढेसँगै यसले विशेषगरी युवा पुस्तामाझ लोकप्रियता कमाएको छ।

विगत १३ वर्षदेखि निरन्तर चल्दै आएको यो अभियानले पछिल्ला वर्षहरूमा प्रविधिको साथ पाएको छ।

सामाजिक सञ्जालहरूमा टोपी लगाएका तस्बिरहरू राख्ने र ‘ह्यासट्याग’ मार्फत प्रचार गर्ने क्रम बढेसँगै यो दिवसले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली पहिचानलाई स्थापित गर्न मद्दत पुर्याएको छ।

Page Views: 113
संबन्धित शिर्षकहरु
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
ताजा अपडेट
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama