Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पोलिसी सरेण्डरदर घटाउँदै बीमा कम्पनी, नवीकरण नभएको बीमालेख रकम भने झण्डै ३७ अर्ब रुपैयाँ

- shuvadmin / शनिबार, पुष १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डर गर्नेको संख्या घट्दै गएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको ५ महिनासम्ममा ३७ हजार १४७ वटा बीमा पोलिसी सरेण्डर भएको छ ।

यो सरेण्डरदर गत आवको सोही अवधिसम्मको तुलनामा १७.६५ प्रतिशत कम हो । गत आवको मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ४५ हजार ६० वटा पोलिसी सरेण्डर भएका थिए ।

प्राधिकरणका अनुसार सो अवधिसम्म कुल ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६.८० प्रतिशत कम हो । गत आवको ५ महिनासम्ममा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको थियो ।

यसरी जीवन बीमा कम्पनीहरुले जीवन बीमा क्षेत्रमा मूल समस्याको रुपमा रहेको पोलिसी सरेण्डरदर कम गर्दै लगेका छन् ।

मासिक रुपमा अर्बौ रकम सरेण्डर मार्फत बाहिरिँदै जाँदा जीवन बीमा व्यवसायमा प्रत्यक्ष असर पारेको देखिन्छ ।

तर, यस वर्ष बीमा कम्पनीहरु पोलिसी त्याग गर्नेको संख्या र कम्पनीहरुबाट सरेण्डर मार्फत बाहिरिने रकम कम गर्न लागिपरेका छन् ।

फलस्वरुप त्यसको परिणाम केही हदसम्म सकारात्मक पनि देखिएको छ ।

जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डर दर कम गर्न नियामक निकाय र स्वयम बीमकहरुको मुख्य भूमिका देखिन्छ ।

नियामक निकाय र जीवन बीमकहरुले विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा साक्षरता कार्यक्रम आयोजना गरी बीमा सचेतना फैलाइरहेका छन् ।

साथै केही हदसम्म प्राधिकरणले अभिकर्ताको लाइसेन्स वितरणमा गरेको कडाईले पनि पोलिसी सरेण्डर दर कम हुँदै गएको बुझ्न सकिन्छ ।

अभिकर्तालाई समय–समयमा तालिम र लाइसेन्स दिनुभन्दा अघि अनिवार्य परिक्षा सञ्चालनले गर्दा बुझ्ने अभिकर्ताले बीमा बिक्री गर्दा बीमितलाई राम्रो जानकारी गराउँदा सरेण्डर नहुने एक बीमा कम्पनीका सीइओले बताए ।

साथै अहिले देशको अर्थतन्त्रमा समेत सुधार हुँदै जाँदा यस्तो दर कम हुँदै गएको बीमा बिज्ञहरुको भनाई छ ।

नवीकरण नभएको पोलिसी रकम झण्डै ३७ अर्ब रुपैयाँ

जीवन बीमा कम्पनीहरुमा देखिने अर्को मुख्य समस्या भनेको पोलिसी नवीकरण नहुनु पनि हो ।

बीमा प्राधिकरणका अनुसार चालू आवको ५ महिनासम्ममा ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी नवीकरण भएका छैन ।

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।४२ प्रतिशत बढी हो ।

गत आवको सोही अवधिसम्म ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी नवीकरण भएको थिएन ।

साथै प्राधिकरणका अनुसार व्यतित बीमालेखको संख्या पनि सामान्य बढेको छ ।

गतआवको मंसिर महिनासम्म व्यतित भएको बीमालेख संख्या १२ लाख १४ हजार ५०० रहेकोमा चालू आवको सोही अवधिसम्म ०.४९ प्रतिशत बढेर १२ लाख २० हजार ४१५ पुगेको छ ।

बीमा कम्पनीहरुले यस्तो दर कम गर्न पटक–पटक व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत अर्थात् भारी छुट दिने योजना ल्याइरहेका छन् ।

तर, यस्ता योजना खासै प्रभावकारी भने हुन सकेको छैन । अझैपनि कतिपय बीमितहरुमा आफूले कुन पोलिसी र कति अवधिको पोलिसी खरिद गरेको हो त्यो कुराको जानकारी छैन ।

यस्तो दर बढ्दै जानुमा केही हदसम्म अभिकर्ताहरुको पनि दोष देखिन्छ ।

अभिकर्ताले बीमा गराउँदा पोलिसीको विषयमा राम्रोसँग बुझाउन नसक्नु र समयमै नवीकरण गर्दा के कस्ता बेफाइदा हुन्छ भन्ने कुराको जानकारी राम्रोसँग बुझाउन आवश्यक हुन्छ ।

Page Views: 83
संबन्धित शिर्षकहरु
मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु
नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६२ करोड
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama