Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जाँचबुझ आयोगलाई एमाले अध्यक्ष ओलीले घरमै दिए बयान

- shuvadmin / सोमबार, पुष २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा जाँचबुझ गर्न गठित आयोग समक्ष तात्कालीन प्रधानमन्त्री केपी ओलीले बयान दिएका छन्।

छानबिनको काम अन्तिम चरणमा पुर्‍याए पनि ओलीको बयानका कारण आयोगले औपचारिक रुपमा काम सक्न पाएको थिएन।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग स्रोतका अनुसार एक सहसचिव ओलीको गुण्डुस्थित निवासमै पुगेर बयान लिएका हुन्।

ओलीसँग आयोगले लिखित रुपमा प्रश्नावली तयार पारेर बयान लिएको हो। स्रोतले भन्यो, ‘सहसचिव जानुभएको थियो। लिखित रुपमा उहाँको बयान प्राप्त भइसकेको छ।’

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा केपी ओली प्रधानमन्त्री थिए।

आन्दोलनको पहिलो दिनमै बानेश्वरमा १७ र सुनसरीमा २ जना गरी १९ जना युवाको सुरक्षाकर्मीबाट हत्या भएको थियो।

त्यसको विरोधमा भोलिपल्ट भएको आन्दोलनका कारण राष्ट्रपति निवास शितल निवास, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मुख्य भवनसहित प्रहरी कार्यालयहरु ध्वस्त पारिएको थियो।

आन्दोलनकारी बालुवाटारमै प्रवेश गरेपछि राजीनामा दिएर ओली सेनाको हेलिकोप्टरमार्फत भागेका थिए।

सार्वजनिक रुपमा घटनामा जिम्मेवारी नलिने र आयोग समक्ष बयान नदिने अडान राख्दै आएका ओलीले लिखित जवाफ दिएका हुन्।

उनले जवाफमा के के भनेका छन् भन्ने कुरा आयोग स्रोतले खुलाउन चाहेन।

तर, ओलीले छानबिन आयोगको औचित्य नभएको र तत्काल विघटन गर्नुपर्ने जस्ता चर्का अभिव्यक्ति दिँदै आएका छन्।

यसअघि आयोगले तात्कालीन गृहमन्त्री गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिइसकेको छ।

आयोगले तात्कालीन सुरक्षा प्रमुख तथा अरु जिम्मेवार पदाधिकारीहरुसँग पनि बयान लिएको छ।

आयोगको म्याद माघ ९ गतेसम्म रहेको छ। पुस ९ गतेसम्म म्याद रहेको आयोगले ओलीको बयानकै लागि एक महिना थपेको थियो।

Page Views: 132
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama