Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साताको दोस्रो दिन सेयरबजार २८.७३ अंकले बढ्यो, कारोबारमासमेत सुधार

- shuvadmin / सोमबार, पुष २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.१० प्रतिशत अर्थात २८.७३ अंकले बढेर २ हजार ६३९.३७ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ४५४.७९ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन भने ५ अर्ब १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ३.०५ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल २.५३, हाईड्रो १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, लघुवित्त ०.५३, म्युचुअल फण्ड ०.४३, निर्जीवन ०.४२, अन्य ०.७८ र व्यापार ०.२२ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, बन्दीपुर केवलकारको २० करोड ९१ लाख, एसवाई प्यानल नेपालको १७ करोड ५१ लाख, श्रीनगर एग्रीटेकको १६ करोड १४ लाख र सागर डिस्टिलरीको १५ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दिपुर केवलकार, रुरु जलविद्युत, बाराही हाईड्रोपावर र दरमखोला हाईड्रो इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै हिमस्टार उर्जा कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ र ट्रेड टावरको सेयरमूल्य ८.४८ प्रतिशतले बढ्यो ।

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात २.४९ प्रतिशतले घट्यो।

Page Views: 42
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama