Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युनिक नेपाल लघुवित्तद्वारा लाभांश नबाँड्ने निर्णय, निष्क्रिय कर्जाका कारण मुनाफा प्रभावित

- shuvadmin / बुधबार, पुष २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलार्ई लाभांश नदिने निर्णय गरेको छ ।

संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ।

यसका कारण ग्राहक सदस्यहरूमा सामूहिक जमानी दायित्व कमजोर भएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको संस्थाले जनाएको छ।

त्यसैगरी, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचन भएको, युवा विदेश पलायन र मन्दीकै प्रभावले कर्जा लगानी विस्तार हुन नसकेको अवस्था रहेको उल्लेख गरिएको छ।

यी कारणले संस्थाको निष्क्रिय कर्जा वृद्धि भई आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थामा खर्चिनु परेकाले मुनाफा घट्नुका साथै नगद प्रवाहमा नकारात्मक असर परेको बोर्डको ठहर छ।

यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना भए तापनि, वर्तमान अवस्थाको गाम्भीर्यतालाई ध्यानमा राख्दै वित्तीय संस्थालाई सुरक्षित र स्थिर रूपमा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

नेपाल राष्ट्र बैंकको सुझावलाई समेत आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा वितरण योग्य मुनाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय सर्वसम्मतिले गरिएको संस्थाले जनाएको छ।

Page Views: 91
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama