Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँच महिनामा सरकारी खर्च ५ खर्ब ६४ अर्ब नाघ्यो

- shuvadmin / शुक्रबार, पुष २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा कुल रु. ५ खर्ब ६४ अर्ब ४६ करोड खर्च गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वृद्धि भएको देखिएको छ।

उक्त अवधिमा चालु खर्च रु. ३९८ अर्ब ५ करोड, पुँजीगत खर्च रु. ३३ अर्ब ८७ करोड र वित्तीय व्यवस्थातर्फ रु. १३२ अर्ब ५४ करोड खर्च भएको छ।

यसैगरी, समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन रु. ४ खर्ब ६ अर्ब ३० करोड पुगेको छ।

यसमा प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँड हुने रकमसमेत समावेश गरिएको छ।

कुल राजस्वमध्ये कर राजस्व रु.३ खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजस्व रु। २४ अर्ब ७ करोड संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यसबीच, सरकारको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको छ। २०८२ मङ्सिर मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु. २ खर्ब ५३ अर्ब २ करोड नगद मौज्दात रहेको छ ।

जसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ।

अघिल्लो आर्थिक वर्षको २०८२ असार मसान्तमा यस्तो मौज्दात रु.१ खर्ब ३० अर्ब ७३ करोड मात्र रहेको थियो।

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.२९ अर्ब १ करोड र स्रोत परिचालन रु.७४ अर्ब ८४ करोड रहेको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी रु.५७ अर्ब ५१ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१७ अर्ब ३२ करोड रहेको छ

खर्चको तुलनामा राजस्व संकलन कमजोर देखिए पनि नगद मौज्दात बढ्नुले सरकारी वित्तीय व्यवस्थापनमा केही सुधार देखिएको छ।

Page Views: 71
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama