Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बजार नबढ्दा ४५ म्युचुअल फण्ड घाटामा, सेयरबजारमा धमाधम लगानी थप्दै

- shuvadmin / शुक्रबार, पुष २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनपश्चात् नेपालको पूँजीबजारले खासै गति लिन सकिरहेको छैन ।

अस्थिर राजनीति र चुनावी माहोल राम्रो नबनेका कारण सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन, जसकारण सेयरबजारले लय समाउन नसकिरहेको अवस्था छ ।

सेयरबजारमा संस्थागत लगानीकर्ताको रुपमा रहेका सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी रहेको हुन्छ ।

बजारमा उताचढाव आउने बित्तिकै फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँछ ।

सेयरबजार माथि उक्लिन नसक्दा अधिकांश बन्दमुखी तथा खुलामुखी योजनाहरु अर्थात् म्युचुअल फण्डहरु घाटामा देखिएका छन् ।

सञ्चालनमा रहेका ५२ म्युचुअल फण्डमध्ये मंसिर महिनामा ७ फण्ड मात्रै नाफामा देखिएका छन् भने ४५ वटा फण्ड अझैपनि घाटामा रहेका छन् ।

तर, घाटामा रहेका फण्डहरुले पनि अघिल्लो महिना अर्थात् कात्तिकको तुलनामा घाटा कम गरेका छन् ।

जसकारण सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढ्न पुगेकोछ ।

कात्तिक महिनाको तुलनामा सेयरबजारमा केही प्रतिशत सुधार देखिँदा अधिकांश म्युचुअल फण्डहरुले घाटा कम गरेका छन् ।

उक्त महिनामा नाफा रहेका ७ म्युचुअल फण्डहरुमा सनराइज फोकस्ड इक्विटी फण्ड, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सानिमा ग्रोथ फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एमबीएल इक्विटी फण्ड, रिलायबल समृद्धि योजना र लक्ष्मी भ्यालु फण्ड–२ रहेका छन् ।

सबैभन्दा धेरै नाफा कमाउनेमा सनराइज फोकस्ड इक्विटी फण्डले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सबैभन्दा धेरै घाटा ब्यहोर्ने फण्डमा भने एनआइबीएल सहभागीता फण्ड रहेको छ । यो फण्डले मंसिर महिनामा कुल ४८ करोड ६० लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

अघिल्लो महिनामा भने फण्डले ६५ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरकेो थियो ।

सबै फण्डको न्याभमा सुधार

मंसिर महिनामा अधिकांश फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)मा सुधार देखिएको छ । सो अवधिसम्म एचएलआई लार्ज क्याप फण्ड बाहेक सबै फण्डको न्याभ बढेको छ ।

फण्डहरुले लगानी गरेका सेयररबण्डको मूल्य बढ्न पुग्दा न्याभ बृद्धि हुन पुगेको हो ।

साथै फण्डहरुको डिभिडेन्डमार्फत पनि न्याभ बढेको बुझ्न सकिन्छ र ब्याज आम्दानीमा पनि सुधार हुँदा फण्डको न्याभ बढ्न पुग्ने हुँदा अधिकांशको न्याभमा सुधार देखिएको छ ।

योसँगै क्यापिटल गेनबाट समेत फण्डहरुले न्याभ बढाएका हुन्छन् । कम मूल्यमा किनेको सेयर पछि मूल्य बढ्दा बिक्री गर्दा त्यो नाफा फण्डको सम्पत्तिमा जोडिन्छ ।

सो अवधिसम्म सबैभन्दा बढी न्याभ प्रमु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको छ । प्रभु स्मार्टको ११.९१ रुपैयाँ र प्रभु सेलेक्टको न्याभ ११.६४ रुपैयाँ छ ।

अधिकांशले बढाए सेयरबजारमा लगानी

म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाएका छन् । संस्थागत लगानकिर्ताको रुपमा रहेको म्युचुअल फण्डहरुले मंसिर महिनामा ४.७५ प्रतिशतले लगानी बढाएका छन् ।

मंसिर महिनामा ५२ म्युचुअल फण्डको सेयरबजारमा कुल ५२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ ।

जुन यो कात्तिक महिनाको तुलनामा २ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बढी हो । कात्तिकमा फण्डहरुको कुल ५० अर्ब ५९ करोड ३३ लाख रुपैयाँ लगानी रहेको थियो ।

सो अवधिसम्म ४१ वटा फण्डले सेयरबजारमा लगानी बढाएका छन् भने ११ वटा फण्डले भने घटााएका छन् ।

बैंकहरुको ब्याजदर घटेका कारण म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाएका छन् । सबैभन्दा बढी लगानी गर्नेमा एनआइबीएल सहभागीता फण्ड रहेको छ ।

यो फण्डको सेयरबजारमा मात्रै कुल ६ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ लगानी रहेको छ । फण्डको लगानी अघिल्लो महिनाको तुलनामा ६.१६ प्रतिशत बढेको छ ।

साथै कात्तिकको तुलनामा मंसिर महिनामा सबैभन्दा बढी लगानी बढाउने फण्डमा भने एचएलआई लार्ज क्याप फण्ड रहेको छ ।

यो फण्डले ४१.७० प्रतिशतले सेयरबजारमा लगानी बढाएको छ ।

Page Views: 58
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama