Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एसबीआई बैंकबाट लुटिएकोमध्ये कति नगद फेला परेको हो ? प्रहरीकै दुई फरक सूचना सन्देहपूर्ण

- shuvadmin / बुधबार, माघ ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिन्धुली, सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखाबाट लुटिएकोमध्ये २ करोड १० लाख नगद नजिकैको जंगलमा फेला परेको छ ।

बोरामा नगद राखेर भाग्दै गरेको अवस्थामा लुटपाटमा संलग्न ४ जनालाई पनि पक्रा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बिजशालालाई बताएका छन् ।

एसपी सुवेदीले १ करोड ८० लाख हाराहारी लुटिएको नगद फेला परेको बताए पनि जिल्ला प्रहरी कार्यालयकै सञ्चार शाखाका एक हवल्दारले भने २ करोड १० लाख नगद फेला परिसकेको दाबी गरेका छन् ।

एसपी सुवेदी र उनकै नेतृत्वको प्रहरी कार्यालयको सञ्चार शाखाको नगद फेला परेको विषयका दुई फरक फरक दाबी शंकास्पद देखिन्छ ।

एसपी सुवेदीले एसबीआई बैंकको सो शाखाबाट लुटेरा समूहले ३ करोड १० लाख हाराहारी पैसा लुटेको आफूहरुलाई जानकारी प्राप्त भएको समेत बताएका छन् ।

उनका अनुसार बैंकको सो शाखामा ६/७ जनाको समूहमा नकाबधारीहरु आएर कर्मचारीलाई नियन्त्रणमा लिएका थिए ।

बैंकका सुरक्षागार्डलाई आक्रमण गरी गम्भीर घाइते बनाई लुटेरा समूहले बैंक लुटपाट गरेको थियो ।

लुटेराहरु चढेर आएको गाडी तथा त्यसका चालकलाई हिजै राति प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यो गाडीलाई काभ्रेको बनेपाबाट लगिएको समेत खुलिसकेको छ ।

Page Views: 41
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama