Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गएका ५ दिनमा १२ हजार ३ सय बढेको सुनको भाउ आज घट्यो, चाँदी पनि

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गएका पाँच दिनसम्म लगातार बढेर दिनहुँ महँगो मूल्यको रेकर्ड बनाउँदै आएको सुनको भाउ आज घटेको छ।

सुनको मूल्य आज तोलामा एक हजार पाँचसय रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुन तोलाको दुई लाख ७६ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य बुधबार तोलामा एक हजार पाँचसय रुपैयाँ बढेर दुई लाख ७८ हजार रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।

सुनको मूल्य गएको शुक्रबार तोलाको २१ सय, आइतबार दुई हजार आठसय, सोमबार चार हजार एकसय र मंगलबार एक हजार आठसय रुपैयाँ बढेको थियो।

पाँच दिनमा सुनको भाउ तोलामा १२ हजार तीनसय रुपैयाँ बढेर आज सस्तिएको हो। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ।

हिजो अहिलेसम्मकै उच्च बनेको चाँदीको भाउ आज तोलामा १७० रुपैयाँ घटेर पाँच हजार चारसय ८५ रुपैयाँमा झरेको हो।

हिजो चाँदीको भाउ तोलामा ३१५ रुपैयाँ बढेर पाँच हजार ६ सय ५५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य हालसम्मकै महँगो हो।

Page Views: 107
संबन्धित शिर्षकहरु
सुनचाँदीकाे मूल्य घट्याे
सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama