Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देउवालाई आभार व्यक्त गर्दै कांग्रेसले भन्यो– ‘पार्टीमा पुर्‍याएको योगदानको उच्च कदर छ’

- shuvadmin / शनिबार, माघ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गरेको नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।

शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो ।

उनले पार्टीमा पुर्‍याउनु भएको योगदानको मूल्यांकन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताहरुबाटआगामी दिनमा पनि अभिभावकीय भूमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ ।

बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।

उनले भने, ‘यो अवस्थामा विशेष गरेर पार्टीमा निष्क्रिय रहनु भएका हाम्रा साथीहरू, विभिन्न कारणले पार्टी छाड्नु भएका साथीहरूलाई हामी फेरि पनि पार्टीमा जोडिनका लागि यो बैठकले आह्वान गरेको छ ।

राजनीतिमा चासो राख्दै यसको माध्यामबाट देशले परिवर्तन गर्न सक्छ भन्ने मान्यतामा विश्वास गरेर नेपालीकांग्रेसका नेतृत्वमा अगाडि बढने प्रक्रियामा साथ र सहयोगका लागि देशवासीहरुबाट साथ प्राप्त हुने विश्वास पनि यो बैठकले राखेको छ ।

त्यसै गरेर विशेष गरी हाम्रा आदरणीय पूर्व सभापति श्री शेरबहादुर देउवाज्यूले लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व लिनु भयो ।

योगदान पुर्‍याउनुभयो । उहाँको हार्दिकतापूर्वक उच्च कदर गर्दै उच्च मूल्यांकन गर्दै उहाँका प्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय यो बैठकले गरेको छ ।

र, उहाँका प्रति आगामी दिनमा यो केन्द्रीय समिति र नेपाली कांग्रेसलाई आदरणीय शेरबहादुर देउवाज्यूको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास हामीले राखेका छौ ।

यसै गरेर हाम्रा अग्रज नेताहरू जो हाम्रा पार्टीको विभिन्न पदमा हुनुहुन्न । तर, पनि पार्टीको नेतृत्व दिइआउनु भएको छ ।

सबै आदरणीय नेताहरूको भूमिकालाईअझ बढी सक्रियताका साथ पार्टीमा लागिरहनु पनि हामीले अनुरोध गरेका छौ ।

अन्त्यमा नेपाली नागरिकप्रतिको आफ्नो अटल प्रतिबद्धतालाई पुन दोहोर्‍याउन चाहन्छ कि अव कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता हामी गर्ने छैनौ भनेर फेरी पनि हामीले कमिटमेन्ट गरेका छौ ।

सबै सदैव मूल्य र सिद्धान्तमा अडिग रहनेछौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्नेछौ ।

नव युवाको आकांक्षा विशेष गरेर जेनजी आन्दोलनपछि नव युवाको जुन आकांक्षा छ ।

त्यो आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षालाई साकार पार्न यो बैठकले आफ्नो दृढता व्यक्त गरेको कुरा यहाँहरु समक्ष निवेदन गर्न चाहन्छु । ’

बैठकले मुलुकलाई समृद्ध बनाउने नेतृत्व आफूहरूले गर्ने भन्दै साथ दिन पनि सबैमा अपिल गरेको छ ।

Page Views: 137
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama