Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झापाका ५ वटै क्षेत्रमा रास्वपाले तय गर्‍यो उम्मेदवार

- shuvadmin / सोमबार, माघ ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

झापा, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ।

पार्टीको पछिल्लो निर्णयअनुसार जिल्लाका प्रभावशाली क्षेत्रहरूमा रास्वपाले अनुभवी तथा युवा अनुहारहरूलाई चुनावी मैदानमा उतार्ने भएको हो।

रास्वपाले झापा क्षेत्र नम्बर १ बाट निशा डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै, क्षेत्र नम्बर २ मा पूर्व उपसभामुख समेत रहेकी इन्दिरा रानामगरले उम्मेदवारी दिने निश्चित भएको छ।

क्षेत्र नम्बर ३ बाट प्रकाश पाठक र क्षेत्र नम्बर ४ बाट शम्भु ढकाल ९सुस्केरा०ले रास्वपाको घण्टी चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन्।

सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा भने काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिने तय भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मानिने झापा ५ मा बालेनको उम्मेदवारीलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

काठमाडौंको मेयर पदबाट राजीनामा दिएर रास्वपामा आबद्ध भएका बालेन र एमाले अध्यक्ष ओलीबीचको प्रतिस्पर्धा यसपटकको निर्वाचनको मुख्य आकर्षण हुने देखिएको छ।

Page Views: 206
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama