Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पार्टी जोगाउन मध्यमार्गी धार अपनाएँ, अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्छ : डा.कोइराला

- shuvadmin / बिहिबार, माघ ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मोरङ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले पार्टीलाई सुरक्षित राख्न शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारे।

नेता डा. कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने विश्वास व्यक्त गरे।

उनले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा स्पष्ट पार्दै भने, “यदि म विशेष महाधिवेशनमा गएको भए पार्टी फुट्थ्यो।

पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हुँ। म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो, तपाईंहरूले बुझ्नुपर्छ।”

उनले पार्टी फुटाएर अघि बढ्नुभन्दा पार्टीलाई एकताबद्ध बनाएर निकास दिनु नै अहिलेको उत्तम विकल्प भएको बताए।

पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने जिम्मेवारी आफूहरूको भएको उल्लेख गर्दै त्यसैअनुसार आफूले मध्यम मार्ग अपनाएको स्पष्ट पारे।

यस क्रममा आफूले धेरै आलोचना पनि खेप्नुपरेको बताउँदै नेता डा. कोइरालाले भने, “यदि म बैठकमा सहभागी भएको भए पार्टी सभापति म बन्थें वा अरू कोही बन्थ्यो, त्यो बेग्लै कुरा हो।

तर, पार्टी दुई टुक्रा हुन्थ्यो। त्यसबेला तपाईंहरूले के भन्नुहुन्थ्यो ? ”

कार्यकर्ता छलफलका क्रममा उनले विगतमा पार्टीभित्र भएका कमजोरीहरू स्वीकार गर्दै अब सबैले आगामी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

निर्वाचनले मुलुकलाई निकास दिने बताउँदै यसपटक कांग्रेसलाई जिताउन सबै एकढिक्का भएर भूमिका खेल्नुपर्ने उनले आग्रह गरे।

Page Views: 154
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
ताजा अपडेट
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा
  • बाढीबाट प्रभावितलाई जेनेरेटर सहयोग
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • संघीय संसद् अन्तर्गत दुवै सदनकाे बैठक बस्दै
  • मुस्ताङमा भूकम्पकाे धक्का
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama