Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चुनावकाे मुखैमा देउवाले देश छाेडे

- shuvadmin / बिहिबार, फागुन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यहि फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा निर्वाचन आउन जम्माजम्मी एक हप्ता बाँकी रहेकाे बेला नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । यसपटकको चुनावी प्रक्रियाबाटै बाहिरिएका देउवा ‘स्वास्थ्य उपचार’को कारण देखाउँदै गएराति सिंगापुर प्रस्थान गरेका हुन् ।

पार्टीभित्रको आन्तरिक कलह र नयाँ नेतृत्वसँगको असन्तुष्टिका कारण चुनावी प्रक्रियाबाटै बाहिरिएका देउवा गएराति साढे ११ बजेको सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । यसअघि पनि नियमित फलोअप र उपचारका लागि सिंगापुर गइरहने देउवाको यसपटकको यात्रालाई भने राजनीतिक वृत्तमा ‘चुनाव छल्ने रणनीति’का रूपमा हेरिएको छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा यसपटक देउवाको उम्मेदवारी छैन । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि देउवा पार्टीको नेतृत्वबाट अपदस्थ भएसँगै वर्तमान संस्थापन पक्षले टिकट नदिएपछि २०४८ सालयता डडेल्धुराबाट लगातार सात पटक अपराजित देउवा यसपटक रिङ आउट भएका हुन् ।

देउवाले सात पटक निर्वाचन जितेकाे डडेल्धुरामा अहिले उनको सट्टा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । पछिल्लो समय ‘बदलिएको कांग्रेस’ को नारा दिइरहेको वर्तमान संस्थापन पक्षले देउवालाई चुनावी अभियानमा सहभागी गराउन वा रुख चिह्नमा भोट माग्ने एउटा अपिलमात्र भए पनि सार्वजनिक गर्न अनेकौँ प्रयास गरेको भएपनि देउवाले खासै चासाे नदिएकाे बताइएकाे छ ।

Page Views: 212
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama