माल्दिभ्समाकाे मालेमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार आज दिउँसाे ४ : ३० बजे सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्न लागेकाे हाे ।
माल्दिभ्समाकाे मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेलमा समूह ए को विजेता नेपाल र समूह बी को उपविजेता बंगलादेश सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि पनि नेपाल र बंगलादेशले सन् २०२५ मा सेमिफाइनलमा खेलेकाेमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
साफ यू–२० च्याम्पियनसिपमकाे यसअघिकाे खेलमा नेपालले भुटानलाई २–१ र श्रीलंकालाई १–० ले पराजित गर्दा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो । यता बंगलादेशले पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो भने भारतसँग १–१ को बराबरी खेलेको थियो ।