आज बिहान मुगुमा भूकम्प गएको छ । जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ बजेर २२ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको बताइएकाे छ । भूकम्पबाट के कति क्षति भयाे भन्ने विवरण प्राप्त नभएकाे उक्त भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको थियाे ।
यसअघि चैत ९ गते बिहान दार्चुलाकाे मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियाे ।