Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज संसद्काे दुवै सदनको अधिवेशन सुरु

- शुभ बिहानी / बिहिबार, चैत १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजबाट संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुदैछ । नयाँ संसद् भवन सिंहदरबारमा दिउँसाे २ बजे बस्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

गत भदाै २३ र २४ गते भएकाे जेन–जी आन्दोलनपछि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने छन् भने आजकाे बैठकले सभामुख निर्वाचनको दिन तोक्ने कार्यसूचीमा उल्लेख छ ।

बुधबार बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति तय गर्दै चैत २० गते सभामुख पदका लागि उम्मेदवार मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने तय गरेकाे थियाे । यता संसद् सचिवालयले पहिलो बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ ।

कार्यसूची अनुसार नयाँ नियमावली नबनेसम्म पुरानै नियमावलीअनुसार बैठक सञ्चालन गर्ने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नाम तोक्ने र तीनवटा अध्यादेश पेस हुने छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राख्ने तथा संविधानसभाका पूर्वसदस्य र विभिन्न सांसदहरूको निधनमा शोक प्रस्ताव पेस गरिने कार्यसूची रहेकाे बताइएकाे छ ।

Page Views: 85
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama