नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४ सय भन्दा बढीकाे भर्ना खुलाएको छ । जसमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदमा भर्ना खुलाएको हो ।
त्यसैगरि इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक तथा अटोमोबाइल क्षेत्रका लागि आवेदन माग गरेको छ भने विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा दरखास्त आव्हान गरिएकाे छ ।
दरखास्त आव्हान गरिएकाेमा प्रहरी जवान पदका लागि २८० जना र अन्य पदका लागि १२९ जना माग गरिएको छ । उक्त पदहरुका लागि दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ भने प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएकाे छ ।
