राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डिपी अर्यालले प्रतिनिधि सभाका सभामुखका लागि उम्मेदवारी दिएका छन् । अर्यालले सिंहदरवारस्थित संघीय संसद सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि मनोनयनपत्र बुझाएका हुन् ।
उक्त अवसरमा पार्टीका सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरुकाे सहभागीता रहेकाे थियाे । सभामुख पदका लागि चैत २२ गते निर्वाचन हुने तायरी रहेकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा करिव दुई तिहाई मत १ सय ८२ सिट रहेकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित छ । यसअघि पनि अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भुमिका पनि निर्वाह गरिसकेका छन् ।