Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुस्ताङमा भारी हिमपात

- शुभ बिहानी / आइतबार, चैत २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

माथिल्लो मुस्ताङ क्षेत्रमा शनिबारदेखि भारी हिमपात भइरहेको छ । मुस्ताङ जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा शनिबार रातिदेखि भारी हिमपात भएको हो ।

मुस्ताङमा यसअघि गत कात्तिक १० गते पहिलो पटक हिमपात भएको थियो । अहिले भएकाे हिमपात माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा जारी हिँउद यामको यो छैटौँ पटक हाे । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको बताइएकाे छ ।

अहिले माथिल्लो मुस्ताङमा क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ । स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँ पटक भारी हिमपात भएको हो ।

हिमपातका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै शनिबार रातिदेखि परेको हिमपात अझै नरोकिएको र हिउँ पर्ने क्रम निरन्तर जारी रहेकाे बताइएकाे छ । माथिल्लो मुस्ताङ क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छ ।

यसअघि विगत तीन वर्ष मुस्ताङमा हिउँ परकाे थिएन भने यस सिजनमा छ पटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेसकहरूले बताएका छन् ।

Page Views: 65
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama