Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नवौं वार्षिकोत्सव मनाउँदै हाइटेक भिजन

- शुभ बिहानी / बिहिबार, चैत २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हाइटेक भिजन प्रालिले आफ्नो नवौं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाउने भएको छ । भोलि विशेष कार्यक्रमसहित प्रालिले आफ्नो वार्षिकोत्सव मनाउन लागेको हो ।

त्यसअवसरमा ग्राहक सम्मान तथा आकर्षक योजना सार्वजनिक गरिने भिजनले जनाएको छ । ती योजना सोही दिनबाटै लागू हुनेछ । कार्यक्रममा सहभागी हुने सबै ग्राहकलाई उपहारसमेत प्रदान गरिने भिजनले बताएको छ ।

स्थापनाकालदेखि ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको हाइटेक भिजनले मुलुकमै पहिलोपटक किस्ताबन्दी प्रणालीमार्फत किचनवेयर तथा फर्निचर सामग्री बिक्री सुरु गरेर बजारमा नयाँ आयाम थपेको थियो ।

यसले मध्यम तथा सामान्य आय भएका ग्राहकलाई सहज रूपमा आवश्यक सामग्री खरिद गर्ने अवसर प्रदान गरिआएको छ । गुणस्तरीय सेवा, विश्वास र पारदर्शीताका कारण हाइटेक भिजन देश तथा विदेशमा रहेका नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।

ग्राहकको निरन्तर माया, साथ र विश्वासले नै कम्पनीलाई आजको अवस्थामा पुर्याएको हो । कम्पनीले समय–समयमा आफ्ना ग्राहकका लागि आकर्षक अफर, छुट योजना तथा उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।

ग्राहकको बढ्दो विश्वास र मागलाई ध्यानमा राख्दै आफ्नो सेवा विस्तार गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले हालै काठमाडौंको गोंगबु क्षेत्रमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ भने तारकेश्वर–लामबगरस्थित पुरानो शोरुमबाट पनि सेवा निरन्तर रूपमा प्रदान हुँदै आएको छ ।

साथै, २०८२–८३ मा कम्पनीले दुई सय बढी फेन्चाइजीको व्यवस्थासमेत गरेको छ । आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढ्ने हाइटेक भिजनको प्रतिबद्धता छ ।

Page Views: 117
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama