Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतीय चर्चित गायिका आशा भोस्लेको निधन

- शुभ बिहानी / आइतबार, चैत २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतीय चर्चित गायिका आशा भोस्लेको निधन भएको छ । आइतबार भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई भारतको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भोस्लेको परिवारका सदस्यहरुका अनुसार उनको मुटु तथा स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

उनको भोलि ९सोमबार० अन्त्येष्टी गरिने परिवारका सदस्यहरुले बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बलिउडमा भोस्लेका गीत बहुचर्चित रहेका छन् । त्यसका साथै भोस्लेले नेपालीमा गाएका गीतहरु समेत कालजयी रहेका छन् ।

स्वर्गीय भोस्ले भारतीय चलचित्रमा चर्चित गायीकाको रुपमा नाम राख्न सफल भएकी थिइन् ।

७ दशकभन्दा लामो समय गीत संगीतमा बिताएकी भोस्लेले आफूलाई विश्वमा नाम राख्न सफल भएकी छिन् । हिन्दी फिल्म संगीतमा भोस्लेलाई उनकी दिदी लता मंगेसकरसँग तुलना गरिन्थ्यो ।

भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ नयाँ सजाऔँ है संसार’, ‘के सोचेँ मैले के भयो अहिले’, ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भइ नजाऊ कहिल्यै’ लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छिन् ।

Page Views: 85
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama