Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,

- शुभ बिहानी / सोमबार, चैत ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको सम्पत्ति विवरणबारेधनाढ्यमध्येका एक हुन् गृहमन्त्री सुदन गुरुङ । आफैँले पेश गरेको विवरण अनुसार उनले सुनचाँदीदेखि घरजग्गासम्म ठूलो परिमाणमा जोड्न भ्याइसकेका छन् । उनले आफूसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको जनाएका छन् ।

गुरुङको जग्गा जमिनको हिसाब हेरेर धेरैले जिब्रो टोकेका छन् । सम्पत्ति विवरण अनुसार गोरखामा मात्रै उनको २२१ रोपनी जग्गा छ । यो जग्गा आफ्नो पैतृक भएको र हजुरबाको नाममा रहेको गुरुङले जनाएका छन् । यस्तै, चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा बुवाको नाममा रहेको छ । गुङको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा पनि छ ।

गृहमन्त्रीको सेयर पोर्टफोलियो पनि उत्तिकै बलियो छ । उनले विभिन्न कम्पनीमा ४ करोड ३० लाख बराबरको सेयर लगानी गरेका छन् । तीन वटा बैंक खातामा ६२ लाख रूपैयाँभन्दा बढी बचत छ ।

गुरुङले आफ्नो सम्पत्तिको स्रोतमा पैतृक र व्यवसाय उल्लेख गरेका छन् । के व्यवसाय भनेर चाहिँ खुलाएका छैनन् । यति कम उमेरमै के व्यवसाय गरेर यत्रो सम्पत्ति आर्जन गरे भनेर सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाइरहेका छन् ।

आफूमाथि प्रश्न उठेपछि गुरुङले सामाजिक सञ्जालबाटै जवाफ दिएका छन् । उनले फेसबुक स्टोरीमा लेखेका छन्, ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरीब मर्नु त्यो तिम्रो गल्ती हो ।’

सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस भइरहेको छ । सम्पत्ति विवरण हेर्दा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरू एक से एक धनाढ्य देखिएका छन् ।

Page Views: 98
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama