Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज नेपाल र यूएई भिड्दै

- शुभ बिहानी / शुक्रबार, बैशाख १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । अहिले साढे ९ बजे नेपाल र यूएईबीच सिरिजको तेस्रो खेल हुन लागेकाे हाे ।

क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा पुछारमा रहेका नेपालले यूएईसँग खेल्न लागेको हो भने गत शनिबार नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो । यसअघि नेपाल ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित हुँदा युएईले भने ओमानलाई २५ रनले हराउँदै २ अंक बटुलेको छ ।

लिग २ को शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान रहेकाे छ । नेपाल र यूएई दुवै टोलीका लागि यो सम्भावना टाढा भएपनि आशा मरिसकेको छैन । आठ राष्ट्र सहभागी लिग २ मा नेपाल २२ खेलमा १४ अंकसहित सातौं स्थानमा छ भने यूएईको २२ खेलबाट १२ अंकमात्र रहेकाे छ ।

त्यसैगरि अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, ओमान २५ खेलमा २९, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंक जोड्दै शीर्ष ६ स्थानमा रहेका छन् ।

यसअघि अघिल्लो चरणको लिग २ मा नेपाल ४० अंकका साथ तेस्रो स्थानमा रहेर विश्वकप ग्लोबल छनोटका लागि छानिएको थियो ।

Page Views: 5
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama