अहिले मुलुकमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाे छ । जसकाे प्रभावसँगै अहिले देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागकाे माैसम मुख्यतया सफा रहनेछ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेकाे छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा गर्मि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बादल लाग्नुका साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । त्यसैगरि तराई भूभागकाे मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ ।