पाल्पामा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-५, ताहुँका ३७ वर्षीया बालकुमारी खाम्चा र ६६ वर्षीया विनिमाया कामु मगर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
जंगली च्याउ खाएर गम्भीर विरामी परेका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतामा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जनाएका छन् ।
त्यसैगरि जिल्लाका विभिन्न ठाउँका १० जना भन्दा बढी जंगली च्याउ खाएर विरामी परेकाे बताइएकाे छ । जसमध्ये केहीको अवस्था गम्भीर रहेकाे र उनिहरुकाे युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको बताइएकाे छ ।
जंगली च्याउ खाएर विरामी पर्नेमा रम्भा गाउँपालिका सहित तानसेन नगरपालिका, निस्दी गाउँपालिकाका बासिन्दा रहेका छन् ।