Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आँखा शिविरमा निःशुल्क औषधि तथा मोतिविन्दूको शल्यक्रिया

- शुभ बिहानी / बिहिबार, जेठ ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बुढानीलकण्ठ अस्पतालले तिलगंगा आँखा अस्पतालको सहकार्यमा दुईदिने बृहत आँखा शिविरमा निःशुल्क औषधि, चस्मा तथा मोतिविन्दूको पहिचान गरिएको छ ।

नगर अस्पतालमा आयोजना भएको शिविरमा आँखाको चेकचाँज, आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण र मोतिविन्दूका समस्या भएकाहरुलाई निःशुल्क शल्यक्रिया समेत गर्ने योजना रहेको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताए ।

नगरप्रमुख अधिकारीले नगरवासीहरुका लागि आँखा शिविर मात्र नभइ अन्य स्वास्थ्य सेवामा समेत पहुँच बृद्धि गर्ने योजनाअनुसार निरन्तर विभिन्न स्वास्थ्य सेवा दिइरहेको बताए ।

उनले भने, ‘मानिसको निम्ति सबैभन्दा महत्वपूर्ण अंग आँखा हो, आँखामा समस्या भयो भने जीवन नै कष्टकर हुने भएकाले नगरपालिका भित्र आँखा रोगसँग सम्बन्धित समस्या पहिचान गर्न पनि यो शिविर महत्वपूर्ण हुन्छ । यस नगरपालिकाका नागरिको स्वास्थ्यमा पहुँच बृद्धि गर्न पनि हामीले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएका छौं ।’

नगरवासीको स्वास्थ्य सरोकारमा नगरपालिकाले यसअघि पनि विशेष प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको बताउँदै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आँखा शिविरले यस क्षेत्रका नागरिकको आँखा जन्य समस्याको पहिचान गर्न सहयोग पुग्ने बताए । उनले नगरवासीको स्वास्थ्य सरोकारका बिषयमा नगरपालिका सदैव सचेत रहेको बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले आफ्ना सेवाग्राहीलाई २४ घण्टे आकस्मिक सेवासहित विशेष स्वास्थ्य सेवाका कार्यक्रम अन्तर्गत बृहत आँखा शिविर आयोजना गरिएको बताए । उनले शिविरमा उपस्थित भएका सेवाग्राहीलाई आवश्यकता अनुसार सबै सेवा निःशुल्क प्रदान गरिने जानकारी दिए । बुधबार आयोजना गरिएको शिविरमा सेवाग्राहीको चेकजाँच गरी आवश्यकताअनुसार औषधि, चस्मा उपलब्ध गराइएको पोखरेलले बताए । उनले शिविरमा सहभागीहरु मध्ये मोतिविन्दूको शल्यक्रिया आगामी जेठ १३ गते निःशुल्क रुपमा गरिने जानकारी दिए ।

पोखरेलले भने, ‘पछिल्लो समयमा उमेरजन्य परिस्थितिले पनि आँखामा समस्या आउने गरेको छ । त्यसबाहेक मोतिविन्दू लगायत नयाँ–नयाँ आँखाजन्य स्वास्थ्य समस्या पनि देखिन थालेको कारण यस्तो खालको शिविर आयोजना गरिएको हो । हामी शिविरमा सहभागीहरुको सबैखाले उपचार निःशुल्क गर्दैछौं ।’

यस्तै, तिलगंगा आँखा प्रतिष्ठान बाह्य आँखा कार्यक्रमका अधिकृत महेश पराजुलीले बढी भन्दा बढी सेवाग्राहीसम्म सेवा प्रवाह गर्न बुढानीलकण्ठ अस्पतालसँग सहकार्य गरिएको बताए । उनले शिविरमा सहभागी हुनेहरुलाई पूर्ण रुपमा निःशुल्क सेवा प्रदान गरिने बताए । पराजुलीले ४० बर्ष उमेर पार गरेका हरेक व्यक्तिले अनिवार्य रुपमा एकपटक आँखा चेकजाँच गर्नुपर्ने बताउँदै मधुमेह र उच्च रक्तचापका विरामीले हरेक बर्ष आँखाको चेकजाँच गर्नुपर्ने सुझाव दिए ।

Page Views: 148
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama