नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सहसचिव डंगोललाई नियुक्त गरेकाे हाे ।
आज सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेकाे बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाएका छन् ।
त्यसैगरि सरकारले नेपाल-चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे-केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले जानकारी गराएका छन् ।