Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

- शुभ बिहानी / बिहिबार, जेठ १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज मुस्लिम धर्मावलम्बीहरुकाे महान् पर्व बकर इदकाे अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाे छ । मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउनका लागि सरकारले सार्वजनिक बिदा दिएकाे हाे ।

मुस्लिम धर्मावलम्बीहरुकाे इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार मुस्लिम समुदायले याे पर्व धुमधामका साथ मनाउने गरेकाे पाइन्छ । नेपाल लगायत विश्वका मुस्लिमहरुले आज नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरेर याे पर्व मनाउने गर्दछन् ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको किंम्बदन्ती रहेको छ । यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरिएकाे र उक्त ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ ।

इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिएकाे र मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेको र त्यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ । यस पर्वका अवसरमा मक्कामदिना जान शुभ मानिएकाले नेपाल सरकारकाे गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ ।

आज काठमाडाैँस्थित दरबारमार्गमा रहेकाे नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउँदै छन् ।

Page Views: 78
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama