गणतन्त्र स्थापना भएकाे १९ वर्ष पूरा भएकाे छ । साेहि अवसरमा आज विभिन्न कार्यक्रम गरी १९ औं गणतन्त्र दिवस मनाइँदैछ ।
नेपालमा तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्ध, २०६२/०६३ मा भएको जनआन्दोलनले राजतन्त्रकाे अन्त्य गर्दै गणतन्त्र स्थापना गरेकाे हाे । गणतन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने थालिएको छ ।
गणतन्त्र दिवसकाे अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह भइरहेको छ भने सममहरोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएका छन् । समारोहलाई सम्वोधन भने राष्ट्रपति पौडेलले गर्ने तयारी रहेकाे छ । अघिल्ला वर्षहरुमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकाेमा यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएपछि राष्ट्रपतिले सम्बाेधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री शाहले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर पत्र शीतल निवासमा पठाएकाे र सोही अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको हो । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायत राजनीतिक दलका नेताहरुले शुभकामाना दिएका छन् ।