नेपाल वायु सेवा निगमको परिसरमा हिजाे साँझ आएको हावाहुरी र वर्षाका कारण रूख ढलेको छ । साँझ आएको हावाहुरी र वर्षाले निगम परिसरभित्र रहेको ठूलो रूख ढलेपछि गेट र पर्खालमा क्षति पुगेको बताइएको छ ।
अहिले काठमाडौं महानगरपालिकाको सहयोगमा उक्त ढलेको रूख हटाउने काम भइरहेको छ । घटनाबाट कुनै मानवीय क्षति भने नभएको तर हावाहुरीका कारण रूख ढल्दा केही समय परिसरभित्र आवतजावतमा समस्या भएको थियो ।
केहि समयदेखि काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा लगातार वर्षा र हावाहुरी चल्दा जनधनकाे क्षति हुने गरेकाे छ भने वर्षाका कारण बाढी पहिराे जाँदा सडकमा यातयात अवरुद्ध हुने गरेकाे छ ।