Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालले कतारलाई ८ विकेटले हरायाे

- शुभ बिहानी / बुधबार, जेठ २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एसीसी महिला प्रिमियर कपमा नेपालले कतारलाई ८ विकेटले हराएको छ । मलेसियाकाे क्वालालम्पुरमा भएकाे पहिलो खेलमा समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रन बनाउँदै अल आउट भएको थियो । कतारको ७७ रनको लक्ष्य पछाएको नेपालले १० ओभर ५ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेकाे थियाे ।

नेपाललाई जित दिलाउन ओपनर ब्याटर बिन्दु रावलले ३० बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३३ रन बनाउँदा दोस्रो विकेटका लागि पूजा महतो र बिन्दु रावलले ४१ रनको साझेदारी गरेका थिए । त्यस्तै पूजा महतो २८ रनमा अविजित रहँदा कप्तान इन्दु बर्मा ५ बलमा १ चौकासहित ६ रन बनाएर अविजित रहेकी थिइन् ।

उता कतारका लागि बलिङतर्फ साहिरिननवाब खान र खादिजा अहमदले १–१ विकेट लिएका थिए । त्यसअघि, ब्याटिङमा कतारको लागि ओपनर ब्याटर गीतरुड चान्दिरुले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरि सर्वाधिक २५ रन बनाएकी थिइन् । पहिलो विकेटका लागि दुई ओपनरद्वय फातिमा मुकादमसँग उनले ३५ रनको साझेदारी गरेकी थिइन् । कप्तान आयशाले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइँदा कविता कुँवर, रिया शर्मा र पूजा महतोले १–१ विकेट लिएका थिए । अब नेपालले दोस्रो खेल भुटानसँग खेल्नेछ ।

Page Views: 95
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama