Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चाेरी भएका ४० सवारी साधन धनीलाई हस्तान्तरण

- शुभ बिहानी / बुधबार, जेठ २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएर फेला परेका ४० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएकाे छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएकाे सवारी साधन फेला पारि सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हाे ।

आज कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी लक गर्न सुुझाव दिएका थिए ।

उनले पछिल्ला दिनमा सवारी नियम उल्लंघनका घटना बढेको भन्दै मर्यादित र नियमको पालना गर्दै सवारी चलाउन पनि आग्रह गरेका छन् ।

Page Views: 11
संबन्धित शिर्षकहरु
आज नेप्से परिसूचक उकालो लाग्याे
पछिल्लाे २४ घण्टामा २३ लाख ७१ राजस्व संकलन
नेपालले कतारलाई ८ विकेटले हरायाे
ताजा अपडेट
  • चाेरी भएका ४० सवारी साधन धनीलाई हस्तान्तरण
  • आज नेप्से परिसूचक उकालो लाग्याे
  • पछिल्लाे २४ घण्टामा २३ लाख ७१ राजस्व संकलन
  • नेपालले कतारलाई ८ विकेटले हरायाे
  • गोपाल बराइली दलित पत्रकारकाे अध्यक्षमा निर्वाचित
  • आजको पञ्चाङ्ग तथा राशिफल हर्नुहाेस
  • आज कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • काभ्रेकाे ४७९ बस्ती उच्च जोखिममा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama