नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अण्डाको फार्म समर्थन मूल्य बढेकाे छ । संघकाे बैठक बसेर अण्डाको फार्म समर्थन मूल्य बढाउने निर्णय गरेकाे हाे ।
काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले नयाँ मूल्य निर्धारण गरेको बताइएकाे छ । देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट कायम गरिएको हो ।
नयाँ कायमा गरिएकाे मूल्यअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगाेटा २५ रुपैयाँ पुगेको छ । त्यसैगरि नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डाको ५४५, मध्यम (मिडियम) अण्डाको ५१५ तथा सानो अण्डाको एक बक्स (सातक्रेट) काे ३ हजार कायम गरिएको छ ।
पछिल्लो समय अण्डाको उत्पादन घट्नुका साथै बजार माग बढ्दा अण्डाको मूल्य निरन्तर उकालो लागेको हाे । संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्य अनुसार कारोबार गर्न आग्रह गरेको छ ।