Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुरुङमार्ग अध्ययन र निर्माणका लागि ६७ करोड बजेट विनियोजन

- शुभ बिहानी / आइतबार, जेठ ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सरकारकाे पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ । आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको हाे ।

हालै सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको र मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको बताएकाे छ ।

त्यसैगरि ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको छ भने सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ ।

मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ भने विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि १ लाख ९० हजार बजेट छुट्याएको छ ।

मन्त्रालयले सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि ५ लाख ६० हजार, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार, हात्तीसार बबई सुरुङमार्गका लागि ७ लाख ५६ हजार छुट्याएको छ । त्यस्तै खुर्कोट चियाबारी सुरुङमार्गको अध्ययनका लागि ३ लाख ९२ हजार विनियोजना गरेको छ ।

शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि ३ लाख ९२ हजार र रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि ३ लाख ९२ हजार बजेट छुट्याएको मन्त्रालयले जनाएकाे छ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
ताजा अपडेट
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • आजकाे पञ्चाङ्ग तथा राशिफल कस्ताे छ हेर्नुहाेस
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama