Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल

- शुभ बिहानी / आइतबार, जेठ ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै अर्याल बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

कडा प्रतिस्पर्धा भएकाे निर्वाचन मार्फत अर्यालले ४१६ मत ल्याए भने लामिछानेले ४१४ मत ल्याएका थिए । रास्वपाले नयाँ नेतृत्व चयनका लागि बागमती प्रदेशमा विद्युतीय उपकरणमार्फत मतदान गराएको थियाे ।

यसअघि प्रदेशको प्रवक्ता समेत रहेका नवनिर्वाचित सभापति अर्यालले नुवाकोट–२ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा यसअघि बागमती प्रदेश सभापति समेत रहेका लामिछानेलाई पराजित गरेका हुन् ।

पहिलो चरणको निर्वाचनमा सभापति र सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणको निर्वाचनमा बाँकी पदाधिकारी छानिनेछन् । रास्वपाको विधानमा प्रदेश सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकाे छ ।

रास्वपा बागमती प्रदेशमा चार जना सभापतिका आकांक्षी देखिए पनि अन्तिममा दुई जनाबीच प्रतिस्पर्धी भएकाे थियाे जसमा अर्यालले ५१ प्रतिशत मत ल्याएर सभापति निर्वाचित भएका हुन् ।

Page Views: 68
संबन्धित शिर्षकहरु
रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
ताजा अपडेट
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • आजकाे पञ्चाङ्ग तथा राशिफल कस्ताे छ हेर्नुहाेस
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama