Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न

- शुभ बिहानी / मङ्गलबार, असार ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भक्तपुरको मत्स्यनारायण मन्दिर परिसरमा लागेको एक महिने मेला सम्पन्न भएको छ । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेकाे उक्त मेला सोमबार सम्पन्न भएको हो ।

भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मन्दिरमा एक महिने पुरुषोत्तम मेला लागेकाे र उक्त मेलामा सत्सग, प्रवचन, भजनलगायतको प्रस्तुति रहेकाे थयाे ।

मेला व्यवस्थापनका लागि स्थानीय स्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचनलगायत त्यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको थियाे । भक्तपुरका चार वटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन भएको थियो ।

तीनसय वर्ष पुरानो मन्दिरको संरक्षणमा स्थानिय बासिन्दा जुटेपछि अहिले मन्दिरमा वर्षभरि नै आन्तरिक पर्यटकको आगमन हुने गरेकाे छ । स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले समेत चिनिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने तथा यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास गरिएकाे थियाे ।

यहाँको कुण्डमा स्नान गरेमा छालालगायत विभिन्न रोग नाश हुने जनविश्वास रहेको छ भने मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको स्थापना गरिएकाे छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
सन्तोष साह हाजिरी जमानीमा छुटे
नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
आज कुन राशिको राशिफल कस्ताे
ताजा अपडेट
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
  • आज कुन राशिको राशिफल कस्ताे
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama