Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशभर मौसममा बदली विभिन्न स्थानमा वर्षा

- शुभ बिहानी / मङ्गलबार, असार १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अहिले नेपालमा मनसुनी वायु सक्रिय हुँदा देशभरकाे मौसममा बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र केही क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसोदेखि देशभर मनसुनी गतिविधि अझै बढ्ने छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई दुवै भूभागका थोरै स्थानहरूमा गम्भीर मौसमी अवस्था सिर्जना भएर मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

पश्चिमका पहाडी क्षेत्र र पूर्वका तराईका जिल्लाहरूमा लगातारको झरीका कारण जनजीवन प्रभावित हुन सक्नेछ भने यस वर्ष मनसुन सुरु भएदेखि नै देशका विभिन्न भागमा बाढी र पहिरोले क्षति पुर्‍याउन सुरु गरेकाे छ । त्यस्तै लगातारको भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, गेग्रान बहाव र ठूला तथा साना पहिरोको उच्च जोखिम रहेको छ ।

तराई र सहरी क्षेत्रहरूमा उचित निकासको अभावका कारण डुबानको खतरा बढेको छ भने वर्षाका कारण देशका प्रमुख नदीहरू, सहायक नदी, मध्यपहाडी क्षेत्रका साना खोला तथा खोल्साहरूमा पानीको सतह खतराको संकेतभन्दा माथि पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण नदी तटीय क्षेत्रका बासिन्दा, तराईका डुबान क्षेत्रका नागरिक र पहिरोको जोखिम रहेका भिरालो जमिन आसपासका समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।त्यस्तै यातायात, हवाई उडान, कृषि र पर्यटन क्षेत्र समेत मौसमी प्रतिकूलताका कारण प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा मौसमको ताजा अवस्था बुझेर मात्र अघि बढ्न प्रशासनले अनुरोध गरेको छ ।

सम्भावित जाेखिमकाे मध्यनजर गर्दै आपत्कालीन अवस्थाका लागि स्थानीय तह र सुरक्षा निकायहरूलाई समेत उच्च तयारीको अवस्थामा राखिएको महाशाखाले जनाएकाे छ ।

Page Views: 57
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama