Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिणकालीको पर्यटनमा नयाँ अध्याय: धार्मिक गन्तव्यबाट बहुआयामिक पर्यटन केन्द्रतर्फ

- शुभ बिहानी / बिहिबार, असार १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डौ । राजधानीसँग जोडिएको दक्षिणकाली नगरपालिकाले आफ्नो पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउने तयारी थालेको छ।

धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित दक्षिणकालीलाई अब संस्कृति, प्रकृति, कृषि, ग्रामीण जीवनशैली र साहसिक गतिविधिसँग जोडिएको बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पर्यटन योजना तर्जुमा गर्ने काम अन्तिम चरणमा पुगेको छ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा दक्षिणकाली नगरपालिकाको समन्वयमा तयार भइरहेको पर्यटन योजना तर्जुमाको दोस्रो चरणको प्रस्तुतीकरण सम्पन्न भएसँगै दक्षिणकालीको पर्यटन विकासको दीर्घकालीन खाका स्पष्ट बन्दै गएको छ।

पर्यटन विज्ञ आलोक प्रसाईँ नेतृत्वको प्राविधिक टोलीले करिब दुई महिनासम्म नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको अध्ययन गर्दै पर्यटन विकासका सम्भावनाहरूको खोजी गरेको थियो।

अध्ययनका क्रममा स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा सरोकारवालासँगको अन्तरक्रियामार्फत दक्षिणकालीको मौलिक पर्यटन पहिचान निर्धारण गर्ने प्रयास गरिएको थियो।

अध्ययनले दक्षिणकालीलाई केवल मन्दिर दर्शनको गन्तव्यका रूपमा नभई “पर्यटनको जीवन्त सङ्ग्रहालय” का रूपमा स्थापित गर्न सकिने निष्कर्ष निकालेको छ।

यहाँ रहेका दक्षिणकाली मन्दिर, शेषनारायण, फर्पिङ क्षेत्रका ऐतिहासिक सम्पदा, गुरु पद्मसम्भवसँग सम्बन्धित बौद्ध स्थल, चम्पादेवी तथा अन्य धार्मिक–प्राकृतिक आकर्षणहरूले दक्षिणकालीलाई विविध पर्यटन अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा उभ्याउने सम्भावना देखिएको छ।

गुरुयोजनाले विशेषगरी धार्मिक पर्यटनसँग कृषि पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन, पदयात्रा पर्यटन तथा पर्यापर्यटनलाई एकीकृत रूपमा विकास गर्ने अवधारणा अघि सारेको छ।

यसबाट पर्यटकको बसाइ अवधि बढ्ने, स्थानीय उत्पादनको बजार विस्तार हुने तथा समुदायमा प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।

दोस्रो चरणको प्रस्तुतीकरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायी तथा स्थानीय सरोकारवालाहरूले पर्यटन विकासलाई पूर्वाधार विस्तार, सम्पदा संरक्षण, समुदायको सहभागिता र वातावरणीय दिगोपनसँग जोड्नुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले स्थानीय पहिचान र संस्कृतिलाई केन्द्रमा राखेर गुरुयोजना अन्तिम रूप दिन सुझावसमेत दिएका छन्।

नगरपालिकाका अनुसार पर्यटन गुरुयोजना केवल पर्यटन क्षेत्रको दस्तावेज मात्र नभई दक्षिणकालीको आर्थिक तथा सामाजिक रूपान्तरणको मार्गचित्रसमेत हुनेछ।

योजना कार्यान्वयनसँगै लगानी आकर्षण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय आय वृद्धिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

राजधानीको नजिकै भएर पनि पर्याप्त पर्यटन लाभ लिन नसकेको दक्षिणकाली अब योजनाबद्ध विकासको माध्यमबाट नेपालको प्रमुख धार्मिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटन गन्तव्यका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ।

 

 

 

Page Views: 98
संबन्धित शिर्षकहरु
मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने
आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • मकवानपुरमा जिप दुर्घटना ६ जना घाइते
  • प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • चिनी अभाव हुने हल्ला फैलाएर मूल्य बढाउन थालियाे
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
  • पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
  • थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
  • आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama