फिफा विश्वकप २०२६ अन्तर्गतकाे खेलमा स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा अल्जेरियलाई २–० गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा पुगेको हो ।
स्विट्जरल्यान्डको जितमा ब्रील एम्बोलो र डान एन्डोयेले १/१ गोल गरेका थिए । एम्बोलोले १०औँ र डानले ४६औँ मिनेटमा गोल गरेका थिए । स्विट्जरल्यान्डले अब प्रि–क्वार्टरफाइनलमा कोलम्बिया र घानाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।