Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

औषधि विभागद्वारा ६ बुँदे निर्देशन जारी

- शुभ बिहानी / शुक्रबार, असार १९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुलुककाे औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि औषधि व्यवस्था विभागले ६ बुँदे निर्देशन जारी गरेको छ । मुलुककाे औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि उक्त निर्देशन जारी गरेकाे हाे ।

औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने बताउँदै लिखित सम्झौताबिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको बताइएकाे छ ।

विभागकाे निर्देशन अनुसार स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेताको अद्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइट प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ ।

थोक बिक्रेताले औषधि व्यवस्था विभागमा दर्ता भएका खुद्रा औषधि पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री वितरण गर्नुपर्ने र सबै खुद्रा बिक्रेताले उत्पादक वा औषधि पैठारीकर्ताद्वारा अधिकृत थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएकाे छ ।

संस्थागत खरिदमा प्रयोग हुने औषधिको प्याकेजिङ लेवलिङ्मा ‘संस्थागत आपूर्ति मात्र’ भनेर स्पष्ट रुपमा उल्लेख हुनु पर्नेछ भने यस्ता औषधि खुद्रा बिक्रीका लागि प्रयोग गर्न निषेध गरिएको छ । त्यसैगरि आर्थिक वर्ष २०८३/८४ देखि थोक बिक्रेताले औषधि बिक्री वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक पैठारीकर्ता भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपी अनिवार्य पेस गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएकाे छ ।

Page Views: 99
संबन्धित शिर्षकहरु
राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित
  • प्रस्तावित चार राजदूतहरूको संसदीय सुनुवाइ हुँदै
  • आज बडादशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
  • ऐतिहासिक व्यक्तित्वद्वय बिसे र बाङ्गेको सम्मानमा हुलाक टिकट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama