Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, मङि्सर १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनापति पर्यटन महोत्सव हुँदै, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य

- शुभ बिहानी / शुक्रबार, मङि्सर १२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रामेछापको सुनापति गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक समृद्धिको लक्ष्यसहित गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव यही मंसिर २५ देखि २७ गतेसम्म हुँदैछ ।

गाउँपालिकाको आयोजनामा धार्मिक तथा पर्यटकीयस्थल सुनापति डाँडामा आयोजना हुन लागेको महोत्सवमा १५ हजार आन्तरिक तथा बाह्य पर्यटक र दर्शक सहभागी हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने गाउँपालिकाले जनाएको छ ।

सुनापति क्षेत्रको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवको मुख्य आकर्षण सुनापति डाँडामा रहेको विशाल महादेवको मूर्ति र ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको १०८ लहरेमाने रहनेछ ।

महोत्सवमा धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारसँगै स्थानीय कृषि उपज, फलफूल, तरकारी, हस्तकला, घरेलु सामग्री र मौलिक परिकारको प्रदर्शनी तथा बिक्री गरिनेछ । यसबाट स्थानीय कृषक, महिला समूह, सहकारी, घरेलु उद्यमी तथा साना व्यवसायीलाई बजारसँग जोड्ने गाउँपालिकाको अपेक्षा छ ।

त्यसैगरी, महोत्सवमा चर्चित गायक विश्व दोङलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । तामाङ समुदायको मौलिक संस्कृति, डम्फु, टुङ्ना, कला, साहित्य, सिर्जना तथा खेलकुदसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

गाउँपालिकाले यस वर्षलाई ‘सुनापति भ्रमण वर्ष–२०८३’ का रूपमा अघि बढाउँदै गाउँपालिकाभित्रका १९ वटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यलाई प्राथमिकताका साथ विकास तथा प्रचारप्रसार गर्ने योजना बनाएको छ । सुनापति डाँडा, १०८ लहरेमाने, सेतो मछिन्द्रनाथको मूर्ति, लामाटोलको पद्मसम्भव मूर्ति तथा गुम्बा, फलाम पोखरी, धर्मद्वार, पानीघाट युद्ध पार्क, डम्फुडाँडा, चिया बगान र लखपति छ्योर्तेन डाँडालगायतका स्थललाई पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको छ ।

पर्यटन विकासलाई दिगो र व्यावसायिक बनाउन गाउँपालिकाले निजी क्षेत्र, सहकारी, बैंक तथा वित्तीय संस्था र लगानीकर्तासँग सहकार्य गर्ने नीतिसमेत अघि सारेको छ । विशेषगरी सुनापति डाँडालाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदमार्ग, सिँढी, पार्किङ, खानेपानी, शौचालय, दृश्यावलोकन स्थल, क्याफे तथा स्थानीय उत्पादन बिक्री केन्द्र निर्माण गर्ने अवधारणा अघि सारिएको छ ।

यसका लागि सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार लगानी भित्र्याउने गाउँपालिकाको योजना छ । प्रस्तावित परियोजनाबाट प्रत्यक्ष रूपमा १५ देखि २० जना र अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्म रोजगारी सिर्जना गर्ने प्रारम्भिक लक्ष्य राखिएको छ ।

गाउँपालिकाले पर्यटनसँगै कृषि उत्पादनको आधुनिकीकरण, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणलाई समेत प्राथमिकता दिएको छ । पर्यटन, स्थानीय उत्पादन र उद्यमशीलतालाई एकीकृत गरी स्थानीय युवालाई रोजगारी तथा महिला र कृषकलाई आर्थिक गतिविधिमा जोड्ने गाउँपालिकाको लक्ष्य छ ।

पर्यटन पूर्वाधार विकाससँगै जैविक विविधता, वनजंगल, प्राकृतिक स्रोत, धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षणलाई पनि प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । महोत्सवमार्फत सुनापतिको पर्यटन सम्भावना उजागर गर्नुका साथै स्थानीय उत्पादनको बजार विस्तार, निजी लगानी आकर्षित र पालिकाको आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, पर्यटन व्यवसायी, लगानीकर्ता, स्थानीय नागरिक तथा देशविदेशमा रहेका नेपालीलाई सहभागी हुन आह्वान गरेको छ । ‘सुनापति जाऔँ, प्रकृति र संस्कृति चिनौँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको महोत्सवलाई गाउँपालिकाले पर्यटन विकास र आर्थिक समृद्धिको दीर्घकालीन अभियानका रूपमा अघि बढाएको छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
झापा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
रास्वपा टाेलि चीन भ्रमण सकेर स्वदेश फिर्ता
सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
ताजा अपडेट
  • सुनापति पर्यटन महोत्सव हुँदै, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य
  • झापा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
  • रास्वपा टाेलि चीन भ्रमण सकेर स्वदेश फिर्ता
  • सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama