Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चौरीदेउरालीको आगामी नीति तथा कार्यक्रमका पूर्वाधार

- शुभ बिहानी / मङ्गलबार, असार ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आगामी आर्थिक वर्ष २०८३/०८४ मा चौरीदेउराली गाउँपालिकाले पूर्वाधार क्षेत्रलाई बलियाे बनाउने नीति लिएको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा व्यवस्थित प्रशासनिक भवन निर्माण कार्यलाई तीव्र रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यसैगरि स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको कार्यलाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने, त्यस्तै गाउँपालिकाले नयाँ सडक ट्र्याक खोल्नुभन्दा पुराना र बनिसकेका सडकहरूको स्तरोन्नति (अपग्रेडिङ) गर्ने नीति लिइएको छ ।

जस्मा आगामी आर्थिक वर्ष गाउँपालिका स्तरीय मुख्य ३ वटा सडक आयोजनाहरू गोठपानी-विर्ता देउराली सडक निर्माण, गुम्बाटी-बाङथली सडक निर्माण, देउराली-ज्यामिरे बोक्से सडक निर्माणको लागि बजेट ब्यवस्था गरिने तयारी गरिएको छ ।

त्यसैगरि स्थानीय जनताको अपनत्व बढाउनका लागि उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरूमा अनिवार्य रूपमा १० प्रतिशत लागत बेहोर्नुपर्ने पुरानो नीतिलाई निरन्तरता दिइएको छ ।

गाउँपालिकाले आफ्ना नागरिकलाई गुणस्तरीय सञ्चार सेवा पुर्‍याउन नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग सहकार्य गरि सञ्चार सञ्जाल नपुगेका आवश्यक स्थानहरूमा नेपाल टेलिकमको नयाँ टावर जडानका लागि विशेष पहल गरिने बताइएको छ ।

Page Views: 58
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama