Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उखु किसानकाे झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी

- शुभ बिहानी / मङ्गलबार, असार २३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको झण्डै दुई अर्ब रुपैयाँ किसानले भुक्तानी पाएका छन् ।

जिल्लाकाे एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र सिद्धि विनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानले भुक्तानी पाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२–८३ को याममा बुझाइएका थिए । उखुको मूल्यबापत हुने एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ मध्ये एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी भइसकेको बताइएकाे छ ।

यसैगरी, सरकारले उखु किसानलाई दिने अनुदानबापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ । जिल्ला भुक्तानी समितिले अहिले  २० करोड ७ लाख ५९ हजार ११७ अनुदान भुक्तानीका लागि सिफारिस गरेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले  जनाएका छन् ।

जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ । त्यस्तै  यसपालीको उखुबापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama