Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने

- शुभ बिहानी / बुधबार, असार २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हाल देशभर फैलिएकाे मनसुनी वायुको प्रभावसँगै देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो पनि देशभर बादल लाग्ने छ भने देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

देशकाे पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने महाशाखाले जनाउकाे छ ।

आज राति देशभर बादल लाग्ने तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

त्यसैगरि मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनुका साथै कोशी,मधेश प्रदेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाका सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Page Views: 23
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य घट्याे
ट्राफिक प्रहरीद्वार २ हजार ७६ जना सवारीचालकलाई कारबाही
काभ्रेबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ
ताजा अपडेट
  • सुनचाँदीको मूल्य घट्याे
  • ट्राफिक प्रहरीद्वार २ हजार ७६ जना सवारीचालकलाई कारबाही
  • काभ्रेबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ
  • फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • उपत्यका र काभ्रेमा बर्डफ्लु जोखिम
  • उखु किसानकाे झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी
  • अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama