ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २ हजार ७६ जना सवारीचालकलाई सवारी नियम उलंधनमा कारबाही गरेकाे छ । उनिहरुलाई सवारी नियम उलंधन गरेकाेमा कारबाही गरेकाे हाे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १८९ जना रहेका छन् ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३९, निषेधित क्षेत्रमा हर्न बजाउने १२४, सडक पुथपाथ पार्किङमा ८५, एकतर्फीमा ५९ र अन्य सवारी नियम पालना नगरेका १ हजार १५७ जना रहेकाे ट्राफिक प्रहरी कार्यालयलले जनाएकाे छ ।
उक्त कारबाहीबाट जरिवाना स्वरुप राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व दाखिला भएको कार्यालयले जनाएको छ ।