आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे मंगलबार सुन तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाकाे ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी तोलाकाे ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।